ससुराली आएका ज्वाइँले गरे सासूको हत्या



अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ससुराली आएका ज्वाइँले रक्सी पिएर मातिएपछि आफ्नै सासूको हत्या गरेका छन् । राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ४३ वर्षीय सासू ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका वसन्तले सासूसँगै बसेर रक्सी पिएका थिए । त्यसै क्रममा झगडा हुँदा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको वसन्तले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सासूको हत्यापछि आरोपितले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए । गाउँलेहरु भेला हुँदासम्ममा कुमाल भागेर नजिकै आफन्त कहाँ लुकेर बसेका थिए।

इलाका प्रहरी कार्यालय ठाडाबाट गएको प्रहरी टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्