१६ वर्षपछि हत्यारा पक्राउ



नेपाल समाचारपत्र
धादिङ
विवाहको जन्ती जाँदा एक जनालाई हत्या गरि फरार भएको आरोप लागेका त्रिपुरासुन्दरी गाउँपािलका–२ का ४० वर्षीय मदन परियारलाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।
आरोपित परियारले १६ वर्ष अघि ०५९ बैशाख ८ गते गोरखा जिल्ला तान्द्राङ निवासी ७० वर्षीय लिलामान परियारको हत्या गरि भागेपछि प्रहरीले खोजी गरिरहेको थियो ।
गोरखा जन्त गएको बेला खाना पकाउने विषयमा विवाद हुँदा लिलामानको हत्या गरि फरार भएका मदल काठमाण्डौको ढल्कुबाट पक्राउ गरि प्रहरीले जिल्ला अदालत धादिङमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैद्धवारले जानाकारी दिनुभयो ।
यसै गरी त्रिपुरासुन्दरी गाउँपालिका–४ का २७ वर्षीय एक जनालाई प्रहरीले ११ वर्षीया भतिजी नाता पर्नेलाई बलात्कार गरेको आरोपमा पक्राउ गरी जिल्ला अदालतको स्वीकृतिमा हिरासतमा लिएको छ ।
घरमा बसीरहेकी बालिालई चक्लेट खान दिएर बलात्कार असार २६ गते बलात्कार गरेको आरोपमा आरोपितलाई २९ गते पक्राउ गरी हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्