धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पहिरो सँगै माथी बाट आएको ढुङगाले चोट लाग्दा एक किशोरीको ज्यान गएको छ ।
वडा नम्बर ५ जलीगाड बाट रिम्का जाँदै गर्दा माथीबाट पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा रिम्काकी १६ बर्षिया कौशिला बस्नेतको मृत्यु भएको हो ।
शुक्रबार विहान जलिगाडको घर बाट माथी रिम्का जाँदै गर्दा पहिरो सँगै आएकोे ढुंगाले चोट लाग्दा परिमल बस्नेतकी छोरी कौशिलाको घटना स्थलमै मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष प्रजित विकले बताउनुभयो ।
वडा अध्यक्ष विकका अनुसार जलिगाड बाट रिम्का जाने क्रममा फारुलाको भिरमा माथी बाट पहिरो सँगै आएको ढुंगाले लागेर बस्नेतको निधन भएको हो । मृतक बस्नेत सरस्वती माध्यामिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत थिइन ।