गीत गजल असोजमा



निर्माणाधीन फिल्म गीत गजलको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। नीतिन चन्दद्वारा निर्देशित फिल्म आगामी असोज २४ गते अल नेपाल रिलिज हुने भएको छ।

यसको पोस्टरमा यसका मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्त्वना भट्टराई, भीमा मैनाली, बालकलाकार योगीशा खत्री, सुजल खानलगायतले पनि अभिनय गरेका छन्। निर्देशक चन्दले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको दाबी गरेका छन्। फिल्मको एक गीत भारतको गोवामा छायांकन गरिएको छ।

अस्मित पोखरेलको कथा, पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको फिल्मबाट रुप पोखरेल र आरोही सिंहले डेब्यु पाएका छन्।

प्रतिक्रिया दिनुहोस्