काठमाडौँ । पछिल्लो समय नेपाली टेलिश्रृङ्खलाहरुलाई दर्शकहरुले धेरै नै रुचाउने गरेका छन् । त्यसैमा पनि अहिले चर्चा बटुल्दै गरेको टेलिश्रृङ्खला बनेको छ ‘‘गोलमाल ।’’
नेत्र राउतको लेखन तथा निर्देशन रहेको हास्य टेलिश्रृङ्खला “गोलमाल” प्रत्येक भाग टेण्डिङमा रम्न थालेको छ । नेपाल टेलिभिजनका लागि भाईब्स क्रियसनको प्रस्तुती हाँस्य टेलिश्रृङ्खला गोलमालले पछिल्लो समय दर्शकको नजर तानिरहेको छ ।
यस टेलिश्रृङ्खलाका परिकल्पना तथा निर्माता पर्शुराम रिजाल हुन् भने यस टेलिश्रृङ्खलालाई सागर खड्काले खिचेका हुन् ।
यसमा पवन खतिवडा, सरोज घिमिरे, शिवहरि आचार्य, शिवहरि नेपाल, हेम श्रेष्ठ, सस्मिता गिरी, जयनन्द लामा, प्रदिप भण्डारी, कृष्ण मगल श्रेष्ठ, नबिना श्रेष्ठ, शिवहरी नेपाल, अस्मिता बस्नेत, रुपक रम्तेल, अनुमती नेपाली, यादव थापा, शम्भु थापासहित अन्य कलाकारले अभिनय गर्दै आएका छन् ।
यसको सम्पादन रविन्द्र खड्काले गर्ने गरेका छन् भने सह निर्देशक शिवहरि नेपाल हुन् । यसमा टेलिश्रृङ्खलामा हाँस्य विधालाई बढि प्राथमिकता दिने गरिएको छ भने विभिन्न व्यंग्यात्मक तरिकामा सन्देश पनि दिईएको हुन्छ ।











प्रतिक्रिया