जापानमा ४० वर्षीय एक नेपालीको हृदयघातको कारण मृत्यु

0
Shares

राजबिन थापा, जापान । जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन भएको छ ।

नेपाल बाग्लुङ जिल्ला गल्कोट घर हुनुभएका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो ।तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आएका घर्तीको जापानको साईतामा केनमा निधन भएको जनाएको छ ।

गल्कोट समाजका अध्यक्ष दिलु खत्रीका अनुसार घर्ती नेपाल आर्मिका अवकास प्राप्त गरेपछि जापान आउनुभएको थियो ।अध्यक्ष खत्रीका अनुसार हिजो शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस हुनुभएको थियो ।

लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताईएको छ । घर्तीको नेपालमा श्रीमति र छोराछोरी रहेका छन् । हृदयघातका कारण अल्पायुमै निधन हुनुभएका घर्तीको दाहसंस्कार जापानमानै गरिने बताईएको छ ।

घर्ती कुक भिषामा तीन बर्षअघि जापान आउनुभएको थियो । अस्पतालले घर्तीको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको भोजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।