बालश्रम न्युनीकरण गर्न अभियान संञ्चालन

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट ।

जिल्लामा हुने बालश्रम न्युनीकरण गर्न नुवाकोटको विदुर नगरपालिकाले वालश्रम न्युनीकरण अभियान नै संञ्चालन गरेको छ । सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा विदुर नगरपालिकामा उक्त अभियान सुरु गरीएको छ ।

अभियानको शुरुवात विदुर नगरपालिका वडा नम्बर १,२,४ र ५ वडामा संचालन हुने बताइएको छ भने अन्य वडामा आगामी वर्ष विस्तार गरिने नगरपालिकाले जनाएको छ । अभियान अन्र्तगत सर्वप्रथम विदुर नगरपालिका वडा नम्बर ४ को समन्वयमा बालश्रम न्युनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले ‘जिल्लामा बजार क्षेत्रको विस्तार भए संगैको होटल ,रेष्टुरेन्ट तथा व्यवसायिक क्षेत्रमा अदृश्य रुपमा हुने गरेको बालश्रम अब अन्त्य गरीने बताउनुभएको छ ।’

साथै मेयर पण्डितले स्थानिय सरकारको हैषियतले आफुहरु बालश्रम न्युनीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले विभिन्न संघसंस्थासँग समन्वय गरेर आफुहरु काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गीता दाहाल, वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, वडासदस्य वसन्त रिजाल, विदुर खानेपानी उपभोत्ता समितिका उपाध्यक्ष संजिव श्रेष्ठ, होटल व्यवसायी राममणि अधिकारीर ,जिल्ला बाल कल्याण समितिका सदस्य तथा उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डित र जालपा मिडिया सर्भिसका अध्यक्ष शिव देवकोटाले बालश्रम न्युनीकरण गर्न सबै पक्षको सामुहि प्रतिवद्धता आवश्यक रहेको बताताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराई, सामुदायिक प्रहरी केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल लगायतको उपस्थिति रहेको थियो ।