लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

0
Shares

काठमाडौँ ।
लागू औषध मनोद्विपकसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले शुक्रबार रामेछाप दोरम्बा गाँउपालिका– ७ का २५ वर्षीय सुरेन नगरकोटी र धादिङ, थाक्रे गाउँपालिका– १० की २१ वर्षीया सुरेनकी श्रीमती अजिता गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको ललितपुर– ११ मा संचालित टेलरिङ पसल भित्रबाट नियन्त्रित मनोद्विपक लागू औषध डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी जम्मा ५१०५ एम्पुल, एक लाख पचास हजार र विभिन्न ब्रान्डका मोबाईल सेट जम्मा ३६ थान, आईप्याड ३ थान, पावर बैंक १ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरेनले विगत लामो समय देखि लागू औषध एम्पुलको कारोबार गर्दै आईरहेको र बरामद भएका मोबाईल सेट, आईप्याड र पावर बैंक विभिन्न सेवनकर्ताहरुलाई उधारोमा लागू औषध एम्पुल दिई धरौटी स्वरुप राख्ने गरेको अनुसन्धानमा खुल्न आएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।