लैङ्गिक हिंसा निवारण गर्न न्यायिक समितिलाई तालिम



धनवीर दाहाल,रुकुम ।
जिल्लाको मुसीकोट नगरपालिकामा लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास तालिम शुरु भएको छ । नगरपालिका अन्तरगत महिला, वालवालिका तथा समाज कल्याण शाखाको आयोजनामा न्यायिक समितिको क्षमता विकास तालिम शुरु भएको हो ।

तालिममा लैङ्गिक हिंसा, घरेलु हिंसा, हिंसाले समाजमा पार्ने असर, त्यसको प्रभाव र लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका लगायतका बिषयमा सिकाइने छ ।
त्यसैगरि न्यायिक समितिको काम, कर्तब्य र अधिकार, मेलमिलाप सहजकर्ता र महिला समूह तथा सहकारी संस्थाका पदाधीकारीहरुले गाउँमा खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा छलफल गरिने नगरपालिका अन्तरगत महिला, वालवालिका तथा समाज कल्याण शाखाकी संयोजक भावना शाहले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण नेपाल बार एशोसियन रुकुम(पश्चिम)का अध्यक्ष यक्कबहादुर पाण्डे, उपाध्यक्ष भुवनेश्वर उपाध्याय र सचिव गणेश हमालले गरि रहनु भएको छ ।
तालिममा न्यायिक समितिका पदाधीकारीहरु, १४ वटै वडाका मेलमिलाप सहजकर्ता र महिला समूह तथा सहकारी संस्थाका पदाधीकारीहरु, महिला, वालवालिका तथा समाज कल्याण शाखाका कर्मचारीहरु, न्यायिक शाखाका कर्मचारी लगायतको सहभागिता रहेको बताइएको छ ।

तालिमको एक बिशेष कार्यक्रमका बिच नगरप्रमुख देवीलाल गौतमले उद्घाटन गर्नुभएको हो । यस अघि ग्रामिण युवा सरोकार केन्द्रले जिल्लाका ६ वटै स्थानीय तहका न्यायिक समितीलाई न्याय सम्पादनका बारेमा तालिम कार्यक्रमको आयोजना गरेको थियो । सो तालिम पछि न्यायिक समितीको क्षमता अभिबृद्धि भएको न्यायिक समितीका सदस्यहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्