‘कुखुराको भाले’ ले ततायो बजार



धनवीर दाहाल, काठमाडौं ।
लोकदोहोरी क्षेत्रको उदाउँदो तारा भनेर परिचित बसन्त बिश्वकर्माले लय शब्दसँगै भिडियो निर्देशन समेत गर्न थालेका छन् ।

तनहुँ जिल्ला मा जन्मिएर लोक दोहोरी लाई आफ्नो भबिस्य बनाउंदै काठमाडौ मा संघर्षत लोक दोहोरी गायक हुन बिस्वकर्माले यस अघि लय, शब्द गरेका आधा दर्जन बढी गित निस्किसकेका छन ।

पछिल्लो पटक उनले लय शब्द संगै भिडियो निर्देशन पनि गरेका छन । विशेष गरि तनहुँ कै कलाकार ले गाएको कुखुरको भाले नामको गितले बजार निकै तताएको छ ।

तनहुंकै चर्चित गायक गायिका प्रीती आले , राजु ढकाल , वसन्त बिश्वकर्मा र कला लम्साल को स्वर रहेको यस कुखुराको भाले नामक गित को लय शब्द वसन्त बिस्वकर्मा को नै रहेको छ ।

गितको म्युजिक भिडियो मा पनि प्रीती आले , कला लम्साल , राजु ढकाल , वसन्त बिश्वकर्मा सहित तनहुँ बाटै मोडलिङ क्षेत्र मा सफल बन्दै गएकी मोडल सबिता आले लाई देख्न सकिन्छ ।

वसन्त बिश्वकर्माले निर्देशन गरेको यो गितले यति बेला दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

हेर्नुहोस कुखुराको भाले

प्रतिक्रिया दिनुहोस्