धर्मका कारण बलिउडलाई बाई बाई !



बलिउडकी दंगल गर्ल जाइरा वासिमले बलिउड छोडेको घोषणा गरेकी छिन्। उनको यो निर्णयले उनका फ्यान चकित परेका छन्। फिल्म दंगल र सेक्रेट सुपरस्टारमार्फत बलिउडमा तारिफ बटुलेकी जाइराले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै बलिउड छोडेको घोषणा गरेकी हुन्।

जाइराले बलिउड छाड्नुको मुख्य कारण आफ्नो निष्ठा र मुस्लिम धर्ममाथि हस्तक्षेप भएको बताएकी छिन्। उनले १८ वर्षको उमेरमै बलिउड छाड्ने निर्णय गरेपछि धेरै सवाल उठिरहेका छन्।

केहीले बलिउड छोड्ने रहर भए धर्मलाई अगाडि नल्याउन भनेका छन् भने केहीले उनीमाथि समर्थन जनाएका छन्। उनले अभिनय गरेको पछिल्लो फिल्म द स्काई इज पिंक रिलिजको तयारीमा रहेको छ। जाइराले बलिउड नगरीमा ५ वर्ष काम गरिन्। काश्मिरमा जन्मिएकी उनी बेला–बेलामा धर्मलाई लिएर विवादमा पर्ने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्