निति कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन



किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले अगामी आर्थिक वर्षको २०७६/०७७ निति कार्यक्रम तथा बजेट निर्माणका लागी सुझाव संकलन गरेको छ ।

नगरपालिकाको समृद्धिका लागी आज एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरु सुझाव संकलन गरिएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक वर्षका लागी नगरपालिकाले असार १० गते (भोली) निति कार्यक्रम तथा बजेट ल्याउदैछ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सबै क्षेत्रको विकासका लागी महत्वपुर्ण सुझवा दिएका छन् । छापरी आधारभुत विद्यालयका प्रधानाध्यापक पदम कार्कीले विकास मेरुदण्ड यातायातको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिनुभएको छ । साथै उहाले शिक्षा र कृषि क्षेत्रको विकासका लागी समेत आवश्यक मात्रामा बजेट विनियोजन गर्न सुझाव दिनु भएको छ ।

जिल्ला खेलकुद विकास समिति दार्चुलाका उपाध्यक्ष श्याम सिंह सिनालले राष्ट्रको पहिचान खेल क्षेत्रको समग्र विकासका लागी आवश्यक बजेट विनियोजन गर्न सुझाव दिनु भएको छ । जिल्लामा साना तिना खेलकुद संचालन गर्न समेत ठाउँको अभाव भएको भन्दै उहाले कबड्डी, भलिबल र फुटबल खेल संचालन गर्न सकिने खेल मैदान निर्माणको आवश्यकता औल्याउनु भयो ।

सुझाव संकलन कार्यक्रममा दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले नगरपालिका क्षेत्र भित्र उत्पादन हुने फोहोर व्यवस्थापन हुन नसकेको भन्दै फोहोर व्यवस्थापनका लागी चोक चोकमा डस्टविन राख्नु पर्ने तथा थुपारिएको फोहोरलाई उचित व्यवस्थापन गर्न सुझाव दिनु भएको छ ।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्ण सिंह साउँदले नगरपालिका क्षेत्र भित्रको खानेपानीको समस्यालाई हल गर्ने गरी निति कार्यक्रम तथा बजेट निर्माण गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा नेकपाका नगरपालिका प्रमुख खडक सिंह धामीले गाउँ, समाज र राष्ट्रको समृद्धि उन्नती र प्रगतीका लागी तिनै तहका सरकारले समन्वय गरी अघि बढ्नु पर्ने बताउनु भएको छ ।

आ–आफ्नै ढंगले योजनाहरु निर्माण गर्दा विकास र समृद्धि नहुने भन्दै उहाले समन्वयको खाचो रहेको धारणा व्यक्त गर्नु भएको हो । कार्यक्रममा बोल्ने क्रममा नगर प्रमुख हंसराज भट्टले नगरपालिकाको समृद्धिका लागी सुझाव संकलन गरिएको बताउनु भएको छ ।

साथै उहाले संघियतामा जनताको सबैभन्दा नजिकको सरकार स्थानिय सरकार भएको बताउनु भएको छ । मानव जिवनका आधारभुत आवश्यकताहरु नगरपालिकाले परिपुर्ती गर्नु पर्छ भन्ने कुराहरुको सरोकारवालाहरुबाट सुझाव जायज भएको बताउनु भएको छ ।

नगर प्रमुख भट्टले सामान्यीकरण अनुदानको रकम भित्र रहेर निति कार्यक्रमहरु निर्माण गरिने बताउनु भएको छ । नगर प्रमुख भट्टले अगामी आर्थिक वर्ष २०७६÷०७७ मा सबै भन्दा बढी शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्