सनवे मा आइ ओ टि प्रशिक्षण



काठमाडौं ।
आधुनिक जिवनशैली सगै सूचना प्रबिधी मानिसको अभिन्न अङ्ग बनेको छ । जनमानसमा बड्दो आइ ओ टि (इन्टरनेट अफ थिङ्स) सम्बन्धी रुचिलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा आयोजना गरेको २ दिने आइ ओ टि प्रशिक्षण सम्पन्न भएको छ ।

असार ६ र ७ गते चलेको प्रशिक्षणमा दैनिक जिवनयापन ईन्टरनेटको माध्यम द्वारा कसरी स्मार्ट बनाउन सकिन्छ भनेर सिकाइएको प्रशिक्षक भासराज पाठकले बताए ।

प्लस टु को परिक्षा सकेर बसेका, आइ टि पढ्दै गरेका र विभिन्न पेषा ब्यवसायमा आवद्ध ५२ जना प्रशिक्षार्थी सहभागी रहेको कलेजकी अपरेसन म्यानेजर सोमाली गौतम देसाइले जानकारी दिइन ।

आइ टि र बिजनेस सम्बन्धी विभिन्न प्रशिक्षण सन्चान गर्ने सन वे कलेजले मलेसियाको इन्फ्राइस्टक्चर युनिभर्सिटीको सम्बन्धनमा कम्प्युटर साइन्स र एम बि ए को अध्यापन गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्