फिलिमको बिबादमा पस्यो डोटीको जोरायल गाउँपालिका



विमल विष्ट, डोटी ।

डोटी जिल्लाको जोरायल गाउँपालिका फिलिमको विवादमा फसेको छ । नेपाली फिल्म जगतमा चर्चित नायक विराज भट्टले निर्माण गर्न लागेको ‘साङ्लो’ फिल्म सुटिङ्गका लागि गाउँपालिकाले रु १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानियहरु आक्रोसित बनेका छन् ।

आक्रेसित भएका स्थानियले सामाजिक सञ्चालमा समेत व्यापक आलोचना गरीरहेका छन् । गाउँपालिकाको बिकासका लागि आएको बजेट गाउँको बिकास गर्नुको साटो फिलिमका लागि बजेट बिनियोजन गरेको भन्दै यहाँका स्थानियहरु अध्यक्ष दुर्गादत्त ओझा संङ्ग आक्रोसित भएको जोरायलका स्थानिय स्यामबहादुर मल्लले बताउनभयो ।

उहाँले भन्नुभयो, “गाउँ गाउँमा सडक,बिद्युत लगायतका पुर्वाधारको बिकास गर्नको साटो फिलिम बनाउनमा पैसा किन हाल्ने,जनतालाई फिलिम हैन बिकास चाहिन्छ ।” उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गएको जेठ २७ गते सम्पन्न पाँचौं गाउँ सभाबाट ‘साङ्लो’ फिल्मका लागि उक्त रकम विनियोजन गरेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, “फिलिमका लागि मैले एक्लै बजेट बिनियोजन गरेको हाईन, गाउँ सभाबाट बजेट बिनियोजन गरेको हो मलाई मात्रै दोस किन ?”

तत्कालिन नेकपा एमालेबाट निर्वाचित अर्थात हालको नेकपा सम्बद्ध जनप्रतिनिधीहरुको स्पष्ट बहुमत रहेको जोरायल गाउँपालिका गाउँकार्यपालिकामा रहेका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले समेत रकम बिनियोजन गर्न निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैदलबाट निर्वाचित जनप्रतिनिधीले रकम बिनियोजन गर्नकालागि हस्ताक्षर गरेका छन् , अहिले दोस हामीलाई मात्रै लगाए ।” फिलिमका लागि बजेट बिनियोजन गरेको भन्दै आलोचना गर्नेमा नेकपाका कार्यकर्ताहरु र नेपाली काँग्रेस सम्बद्ध सबै रहेका छन् । तर आलोचनाका विषयमा जोरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

यद्यपी बहु विविधताले भरिपूर्ण जोरायलमा ‘साङ्लो’ फिल्म छायाङ्कन हुनुले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचार–प्रसारमा टेवा पुग्ने र आगामी दिनमा पनि गित संगीत क्षेत्रको आकर्षक गन्तव्य बन्न सक्ने भएकाले गाउँपालिकाबाट रु १० लाख रकम विनियोजन गरिएको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

“विराज भट्टले निर्माण गर्न लाग्नुभएको ‘साङ्लो’ फिल्मले जोरायलका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेको छ, अहिले पनि छायाङ्कन जारी छ, फिल्ममा जोरायल क्षेत्र समेटिएर विश्व सामु चिनिनु गर्वको विषय हो”, उहाँले भन्नुभयो, “हामीले फिलिमकलागि रु १० लाख छुट्टयाएका हैनौ कलाकारको यातायात र खाना खर्चमा रु १० लाख बिनियोजन गरेको पक्कै हौँ ।”

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा देखि स्थानीय बासिन्दाहरुले पनि उक्त फिल्ममा भूमिका निर्वाह गरेका छन् । कतिपले जोरायलमा ‘साङ्लो’ फिल्म छायाङ्कन हुनुलाई अवसरका रुपमा लिएका छन् भने कतिपयले बजेटको दुरुपयोग भनेको बताउदै आएका छन् ।

फिलिमका लागि रकम बिनियाजन भएपछि स्थानियहरु निकै आक्रोसित बनेका छन् । स्थानियहरु ऋाक्रोसित हुदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न थालेपछि फिलिम जोरायलमा सुटिङ गर्ने वा नगर्ने भन्ने विषयमा फिलिम निर्माताहरु दोधारमा परेको स्थानियबासीहरु बताउछन् ।

उता सो ‘साङ्लो’ फिलिमका नायक विराज भट्टले जोरायलमा फिलिमका लागि छुट्टयाईएको रकम तथा बिबादका बारेमा कुनै प्रतिक्रिया नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जोरायल सहित समग्र सुदूरपश्चिमको कला संस्कृती झल्काउनका तथा देशभरीमा चिनाउनका लागि आफुले फिलिम निर्माण गर्नलागेकाले गाउँपालिकाको रकम बिबादका बारे म केही बोल्दैन ।” नायक विराज भट्ट सुदूरपश्चिमको डडेल्धुरा जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्