वेमौसमी वर्षाले कृषक हैरान



सिर्जना पन्त, बागलुङ ।

अलैचीले बजार पाउँदा जीवन भण्डारी उत्साहित हुनुहुन्थ्यो । उहाँले ४ वर्ष अगाडी ७ लाख रुपैया लगानि गरेर बागलुङको गल्कोट नगरपालिका–१ दुदिलाभाटिमा १५ रोपनी जग्गामा अलैची खेती सुरु गर्नुभएको थियो । सुरुका वर्षमा ५० देखि ६० केजी अलैची उत्पादन गरेका भण्डारीको जग्गामा अघिल्लो वर्ष १ कुइन्टल उत्पादन भयो ।

प्रतिकेजी २१ सय देखी २२ सय रुपैयामा व्यापारीहरुलाई घरबाटै अलैची बेचेका भण्डारीले यो वर्ष १० कुइन्टल अलैची उत्पादन गर्ने गरी खेती गर्नुभएको थियो । तर, यो वर्ष मौसमले अलैची खेतीलाई साथ दिएन । बैशाख महिनामा परेको असिना सहित परेको पानीले भण्डारीको अलैची खेती पूर्ण रुपमा नष्ट भएको छ ।

बागलुङको दुदिलाभाटिमा पछिल्लो समय अलैची खेतीको आर्कषण बढ्दै गएको थियो । व्यवासायीक रुपमा अलैची खेती गर्ने कृषकहरु बढेसंगैं १ सय रोपनी जमिनमा अलैची खेती हुँदैं आएको अर्का कृषक सोमबहादुर खड्काले बताउँनुभयो । ‘राम्रो उत्पादन, घरमै व्यवासयीहरु खरिद गर्न आउँने र राम्रो मुल्य पाएपछि पछिल्लो केही वर्षमा व्यवसायीक खेती गर्नेहरु बढेका छन् खड्काले भन्नुभयो, यो वर्ष वेमौसममा भएको वर्षातले सबैलाई निरास बनायो ।’

गत वैशाख १ र २ गते परेको असिना पानी सँगैको बाढीले अलैचीका सबै बोटहरु मरेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो पानी र बाढीले गर्दा माहुरीको चरन क्षेत्रमा समेत क्षति पुगेकाले बाँकी रहेका १,२ वटा बोटमा पनि फल लागेको छैन ।

अलैची खेती गर्दा विभिन्न रोग किराको समस्या झेल्दै आएका दुदिलाभाटिका किसान यस वर्ष भने असिना पानीले निरास भएका छन् । दुदिलाभाटिमा दिल बहादुर खत्री निल बहादुर खड्का, चन्द्र बहादुर खत्री, रिता नेपाली, मिन बहादुर नेपाली, खर्क बहादुर क्षेत्री लगायतले व्यवसायिक रुपमा अलैची खेती गर्दै आउनुभएको छ ।

यहाँका कृषकले फलाएको अलैची बागलुङ सदरमुकाम, पोखरा नारायघाट, बुटवल संगै विदेशमा समेत निर्यात हुँदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्