आइसीसीः अस्ट्रेलियाले बंगलादेशलाई दियो ३८२ रनको लक्ष्य



काठमाडौँ ।
आइसीसी एकदिवसिय विश्वकप अष्ट्रेलियाले बंगलादेशलाई तीन सय ८२ रनको लक्ष्य दिएको छ । नटिङघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ८१ रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेको थियो । जसमा उसका ओपनर आरोन फिन्च ५३ रन बनाउँदै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि वार्नर र उस्मान ख्वाजा विच दुई सय २१ रनको साझेदारी हुँदा अष्ट्रेलियाले बलियो लक्ष्यतिर अगाडी बढेको थियो । तर त्यसपछि उसले अरु तीन विकेट मात्र ४१ रनमा गुमायो । अष्ट्रेलियाका लागि ख्वाजाले ८९ रन बनाए भने ग्लेन म्याक्सवेलले ३२ रनको योगदान गरे । यस्तै स्टिभ स्मिथ एक रनमा पेभेलियन फर्किए । अष्ट्रेलियाका लागि डेविड वार्नरले एक सय ६६ रनको उत्कृष्ट पारी खेले ।

जसमा उनले एक सय ४६ बलमा १४ चौका र पाँच छक्का प्रहार गरे । उनी विश्वकपमा ब्यक्तिगत रुपमा धेरै रन बनाउने नयाँ किर्तीमान बनाएका छन । बलिङमा सौम्य सरकारले तीन तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्