डोटीमा लाजले निम्त्याउँदै पिडा



विमल विष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडान.१ की कलावती (नाम परिर्बतन) २७ बर्षकीहुनुभयो । उहाँका दुई छोरा र एक छोरी छन ।

सन्तानको रहर पुगेकी कलावती हालै पुःन गर्भवती हुनुभयो । अनपेच्छीत गर्भ बसेपछी स्थानीय मेडिकलमा पुगेर गर्भपतनको औषधी खाने निधो गर्नुभयो । मुस्कीलले साहस जुटाएर मेडिकलमा पाईने औषधी खरिद गर्नुभयो ।

बिदेशबाट आएका श्रीमान संङ्गै रहेको अबस्थामा कुनै पनि अस्थायी साधन प्रयोग नगरेर शाररिक सम्पर्क गर्दा फेरी अर्को पटक ईन्इच्छीत गर्भ रहन गयो । कलावतीले भन्नुभयो, “म फेरी त्यही मेडिकलमा कसरी जानु भनेर लाज लागेर गईन, अर्को मेडिकलबाट औषधी खरिद गरेँ र गर्भपतन गरेँ ।”

पछि सञ्चो नभएपछी उपचारका लागि उहाँ डडेल्धुरा उप क्षेत्रिय अस्पातलमा गएर चेकजाँच गर्दा पुर्णरुपमा गर्भपतन नभई सकेका कारण त्यस्तो समस्या भएको डाक्टरले जानकारी दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले खाएको आषधीले पुर्ण रुपमा गर्भपतन भएन छ, त्यहाँ गएर तल्लो पेट सफा गरेपछी सञ्चो लाग्यो ।”

सुरक्षित गर्भपतनका विषयमा रेडियोमा पनि अली सुनेकी थिएँ त्यही कुरा महिला स्वास्थ्य स्वयमसेबीकाको सल्लाह अनुसार डडेल्धुरा गएको उहाँले बताउनुभयो । जानकारी अभाबका कारण महिलाले यस्तो समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजकाल त म मेरा छरछिमेकाका दिदी बहिनीहरुलाई खुलस्त भन्छु,पहिलो कुरा अस्थायी साधनहरुको प्रयोग गर्नु होस, यदी गर्नै पर्ने अबस्था आएमा सूचिकृत स्वास्थ्य संस्थामा गएर मात्र गर्भपतन गर्नु होला ।”

आफुले अहिले ईम्पालान्ट प्रयोग गर्ने गरेको कलावतीले बताउनुभयो । डोटी जिल्लाका १७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भवतन सेवा प्रदान हुँदै आएको छ ।

सुरक्षित गर्भवतन सेवाको प्रभाबकारीताका लागि आईपास नेपालको सहयोगमा सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपाल द्धारा सुरक्षित गर्भपतन सेवा परियोजना सञ्चालन गरिएको छ ।

कार्यक्रम संयोजक दीपा सिंहले भन्नुभयो, “खासगरी महिलालाई र साथमा पुरुषलाई पनि सुरक्षित गर्भपतन सेवाका विषयमा धेरै कुरा जानकारी गराउनु छ । समान्य कारणले महिलाहरुले ठुलो समस्या भोग्दै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्