प्रधानसेनापति थापा बेइजिङमा



नेपाल समाचारपत्र, काठमाडौं
चीनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका क्रममा मित्रराष्ट्र चीनको छेन्दुमा रहनुभएका प्रधानसेनापति पूर्णचन्द्र थापाले वेस्टन थियटर कमान्डर जनरल झाओ जोनजिकीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँले दुजियाङयानस्थित विभिन्न पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नुभएको थियो।

भ्रमणकै सिलसिलामा मंगलबार प्रधानसेनापति थापा छेन्दुबाट बेइजिङ पुग्नुहुने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्