अवैध झ्याउ सहित भारतीय नागरिक पक्राउ



किरन धामी, दार्चुला ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट खटिएको पट्रोल गस्तीले सोमबार विहान अवैध भ्mयाउ सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर ३ कलागाड भन्ने स्थानबाट महाकाली नदिमाथी डोरी लगाएर भारत लैजादै गरेको अवस्थामा पट्रोल गस्तीले पिथौरागढ जिल्ला बालुवाकोट पैयापोण्डीका ४५ वर्षिय उमेश सिंह बोहरालाई अवैध झ्याउ सहित पक्राउ गरेको ५० नम्बर गुल्मका निमित्त गुल्मपति शंकर सिंह बोहराले जानकारी दिनुभयो ।

५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी नायव निरिक्षक नारायण सिंह कार्कीको नेतृत्वमा सो स्थान तर्फ खटिएको पट्रोल गस्तीले अवैध झ्याउ सहित भारतिय नागरिकलाई पक्राउ गरेको उहाले बताउनुभयो ।

पक्राउ परेका भारतिय नागरिकको साथबाट ७६ हजार मुल्य पर्ने १ क्वीटल ९० किलोग्राम अवैध जडिबुटी झ्याउ पक्राउ गरिएको उहाले जानकारी दिनुभयो ।
अवैध जडिबुटी झ्याउ सहित पक्राउ परेका भारतिय नागरिक र झ्याउ आवश्यक कारबाहीका लागी अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाएको उहाले जानकारी दिनुभयो ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत राजु घिमिरेका अनुसार अवैध झ्याउ सहित पक्राउ परेका भारतिय नागरिकलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत झ्याउको मुल्य बराबरको जरिवाना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्