एकैसाथ ३ वटा विधाका खेल खेल्न मिल्ने गरि कभर्ड हलको निर्माण शुरु



यमलाल भुसाल, बुटवल।
बुटवल उपमहानगरपालिका वडा नंं. १ स्थित जामे मस्जिद अगाडिको जग्गामा उपमहानगरले बहुउद्देशीय कभर्ड हल बनाउन शिल्यान्यास गरेकोे छ ।

तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसिरहेका १६ घर परिवारलाई उपमहानगरले डोजर लगाएर हटाई कभर्ड हल बनाउन शनिवार शिल्यान्यास गरिएको हो ।

४८ लाखको लागतमा ३ वटा विधाका खेल खेल्न मिल्ने गरि कभर्ड हल निर्माणका लागि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले एक समारोहका बीच शिल्यान्यास गर्नु भएको हो ।

शिल्यान्यास समारोहमा मेयर सुवेदीले प्रदेश सरकारले बसोवास आयोगको कानुन बनायपछि विस्थापितलाई वसोवासको व्यवस्था मिलाउने बताउनु भयो । श्री ३ बडामहारानीको जग्गामा विगत ४८ वर्षदेखि वस्दै आएका १६ घर परिवारलार्ई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटायपछि सोही स्थानमा उपमहानगरले बहुउद्देशीय कभर्ड हल बनाउन थालेकोहो ।

कभर्ड हलमा व्याटमिटन, तेक्यान्डो र टेवलटेनिसका खेल एकै साथ खेल्न मिल्ने गरी निर्माण गर्न थालिएको वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्