मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ 



बारा,भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर वेचबिखन गर्ने कार्यमा संलग्न ५ जनालाई बारागढी गाउँपालिका-२ दौरवा मठबाट चोरी गरेको मोटरसाइकल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका मलाही टोल बस्ने २० वर्षीय सुरेश मुखिया, १८ बर्षीय धर्मेन्द्र मुखिया, १९ बर्षीय नन्दकिशोर सहनी, सिम्रौनगढ नगरपालिका-८ घर भएका १९ बर्षीय श्याम सुन्दर यादव र १८ बर्षीय गुलसन प्रसाद यादव रहेका छन् ।

बिगत केही समयदेखि मोटरसाइकलहरु चोरी गरी विक्री गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरी गरी ल्याएको अनटेस्ट लेखिएको अपाचे र बिआर ०५ आर ७५३८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

चोरी शीर्षक मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्