सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार प्रतिवादी पक्राउ  



काठमाडौं, सर्वोच्च अदातलको २०७६ बैशाख १७ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ३ वर्ष ६ महिना कैद र ६ लाख ६० हजार ५० रुपैयाँ जरिवाना भई फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने ५४ वर्षीय भुवनेश्वर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई ललितपुर बालकुमारीबाट पक्राउ गरेको  हो ।
प्रतिवादी भुवनेश्वर समेतका ब्यक्तिहरुले भक्तपुर सिपाडोलस्थित कित्ता नम्बर ८७७ को क्षेत्रफल १-१२-० भएको जग्गाको नापीको नक्शा प्रिन्ट सच्याई मोटर बाटोसँग जोडिएको किर्ते नक्कली प्रिन्ट तयार गरी अर्कै ठाउँको वास्तविक जग्गा भन्दा राम्रो जग्गा देखाई तत्कालिन कार्यालयको नक्कली सिफारिसपत्र समेत बनाई २०६६ बैशाख ७ गते ३३ लाख रुपैयाँमा उक्त जग्गा बिक्री गरी ठगी गरेका थिए ।

पक्राउ परेका थापालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु, ललितपुरमा  पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्