काठमाडौंमै पेस्तोल बोकेर हिड्ने एक व्यक्ति समातिए



काठमाडौं, काठमाडौं बानेश्वरस्थित ऐ वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्