हुलाकका कर्मचारीको नेतृत्व विकास



काभ्रे, (नेस) ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन केन्द्रिय समितिको आयोजनामा धुलिखेलमा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
अध्यक्ष टंकप्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभर रहेका करार, अतिरिक्त हुलाक र अन्य सेवामा रहेका हुलाकका कर्मचारीहरुको समस्याका बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक मैया धमलाले लामो समय देखि हुलाक सेवामा काम गर्ने अतिरिक्त हुलाक कर्मचारीहरुको सेवा सुविधा दयनिय भएकाले चालु वजेटबाट बृद्धी गर्ने गरी कार्यक्रम पेश गरिएको बताउनु भयो ।

सूचना प्रविधिको विकास नहुँदा हुलाक सेवाले नेपालका दुरदराजमा पु¥याएको सेवा स्मरण गराउँदै अहिले पनि ग्रामिण भेगको प्रमुख साथीका रुपमा हुलाक सेवा रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै धमलाले हुलाक क्षेत्रको आर्कषण पछिल्लो समय बढ्दै गएको र यसको सेवा प्रवाहको दायित्व थपिएको बताउनु भयो ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख बेद भण्डारीले हुला सम्वन्धी ब्यवस्था, परिवर्तित ऐन, प्राधिकरण सम्वन्धी ब्यवस्था र अन्य विषयमा जानकारी गराउनु भएको थियो । हरेक ब्यक्ति कतै न कतै नेतृत्व गरिरहेको हुन्छ, नेतृत्व गर्ने ब्यक्तिले आफु र समुदाय तथा नेतृत्व गरेको संस्थामा झनै विश्वास जित्न ब्यक्तिगत आचरण, आनिबानी र अन्य विषयमा ध्यान दिनु पर्ने बताउनु भयो ।

जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख पदमबहादुर खत्रीले हुलाक सेवाको कार्य थपिदै गएकाले कर्मचारीहरुका लागि पनि पछिल्लो समय हुुलाक आर्कषण बन्दै गएको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले हुलाक सेवाले प्राप्त गरेको जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

तालिममा विभिन्न क्षेत्रमा कार्यरत हुलाक सेवा भित्र काम गर्ने कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन केन्द्रिय समितिको आयोजनामा सम्पन्न तालिममा युयनआई ग्लोबल युनियनको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्