गैरआवासिय नेपाली संघ म्याड्रिडको पाँचौ अधिवेशनः अध्यक्षमा गोले निर्वाचित सचिवमा श्रेष्ठ



दीपेन्द्र गजुरेल, स्पेन ।

गैरआवासिय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडको पांचौ अधिबेशनबाट अध्यक्षमा सुजिल गोले निर्वाचित भएका छन् ।

आईतबार भएको निर्वाचन प्रक्रियाबाट १ सय ८६ मत ल्याई विजयी भएको निर्वाचन समिति संयोजक जिवन प्रसाईले बताए । अध्यक्ष गोलेले ६४ मत अन्तरले प्रतिद्धन्द्धी सुदिप अर्याललाई पराजित गर्न सफल भएका थिए ।

अध्यक्ष पदका प्रतिद्धन्द्धी सुदिप अर्यालले १ सय २२ मत प्राप्त गरेका थिए । यसैगरी सचिव पदमा सागर श्रेष्ठले १ सय ७७ मत ल्याई प्रतिद्धन्द्धी सुन्दरी लामालाई ५८ मतको अन्तरले श्रेष्ठ विजयी भएको निर्वाचन संयोजक प्रसाईले बताए ।

निर्वाचन प्रकृयामा ३ सय २२ जनाले मतदान गरेका थिए भने ३० मत बदर भएको समितिले जनाएको छ । निर्वाचन प्रबृयामा सचिव पदमा ६ मत खाली थियो भने अध्यक्षमा ३ मत खाली र दुबै अध्यक्ष्ँमा खाली एक मत समेत परेको प्रसाईले बताए ।
निर्वाचन समितिको अन्तिम मतदाता नामावली प्रकाशनमा म्याड्रिडस्थित जम्मा ३ सय ७८ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्