सरिता चलाउने, सल्यान ।
कला सस्कृतिलाई जगेर्ना गर्ने भन्दै कुमाख गाउँपालिका सल्यानले बृहत लोक झाकी प्रर्दशनी गरेको छ । पछिल्लो समयमा कला सस्कृति लोप हुदै गएकाले तिनलाई संरक्षण गर्ने र लोप हुन नदिने उदेश्यले लोक झाकी प्रर्दशनी गरेको हो ।
लोपउन्मुख हुदै गएका कला सस्कृतिलाई जगेर्न गर्ने र आधुनिक कलालाई व्यवस्थीत गर्नको लागी झाकि प्रदशनी गरिएको गाउँपालीकाका अध्यक्ष दिलमाया बुढामगरले बताउनु भयो ।
गाउँपालीका भित्र रहेका ऐतिहासिक कला झाकि, सोरठी, पैसेरी, टप्पा गीतहरु जस्ता नाचहरु लगायत स्थानिय कला सास्कृतिकको पहिचान गरिने उहाँले बताउनु । उहाँले भन्नु भयो पछिल्लो समय युवापुस्ताले सस्कृतिक लोक कला बिर्सदै गएका छन, यसलाई बचाउनु पर्छ र पर्यटन प्रबद्धनमा जोड दिन आबश्यक छ, यस्ता लोप हुदै गएका सस्कृतिलाई बचाउनको लागी गाउँपालीका स्तरीय झाकि प्रदशनी गरिएको हो ।
पहिलो पटक गरिएको गाउँपालीका स्तरीय झाकि प्रदशनिमा गाउँपालीकाका ७ वटै वडाहरुका बिभिन्न झाकिहरुको प्रदशनि गरिएको गाउँपालीका उपाध्यक्ष डिल्लीराज जैलिे बताउनु भयो । ससकृतिक कला जर्गर्ना गर्नले जिल्लामा भिभिन्न क्षेत्रको समग्र पर्यटन प्रर्बधनमा टेवा पुग्ने उहाँले बताउनु भयो ।

स्थानिय र निजी क्षेत्रको सम्बन्ध बिस्तार हुने, प्रतिस्पर्धी उत्पादनहरुबारे सम्बन्ध अभिबृद्धि हुने, जिल्लाको लोक सस्कृति एवं बिबिध सँस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्नुका साथैे समस्त आर्थिक क्षेत्रको अभिबृद्धिमा सहयोग पुग्ने उहाँले बताउनु भयो । उहाँले भन्न भयो, भाबि पुस्ताले पुराना सस्कृतिलाई नभुलुन, अहिलेको पुस्ताले ससकृतिक बचाउनुको नाममा खर्चालु भैरहेको पाईएको छ, यस्ता खर्चालु सास्कृतिकलाई अन्त्य गर्ने र पुराना ससकृतिलाई बचाउने हाम्रो उदेश्य हो ।
सामना सास्कृतिक अभियान, नेपाल बागबजार काठमान्डौको आयोजना र कुमाख गाउँपालिका सल्यानको आर्थिक सहयोगमा बृहत् लोक झाकी प्रर्दशनी गरिएको हो । कार्यक्रममा २७ वटा आमा समुहको प्रदशनि गरिएको थियो भने, ७ वटा झाकि, र बिभिन्न पैसेरी, लहरे, सेरेङ्गे, बन्गाडी टप्पा लगायतका नाचहरुको प्रदशनी गरिएको गाउँपलीकाले जनाएको छ । यस्तै कुमाख गाउँपालीकाको समृद्ध बिकास र शिक्षाको गुणस्तर भन्ने बिषयमा कबिता बाचन तथा पद्रशन गरिएको छ । आगामी दिनहरुमा गाउँपालीकाको समृद्ध बिकास र गुणस्तरीय शिक्षामा जोड दिने उदेश्यले ३ वटा माबि र प्रस्ताबित माबि बाट ३, ३ जना छात्रा, छात्राहरुको सहभागीतामा कबिता बाचन तथा प्दशनि गरिएको गाउँपालीका अध्यक्ष बुढाले बताउनु भयो ।
कार्यक्रममा उतकृष्ट कबिता बाचन र झाकिहरुलाई पुरुस्कार प्रदान गएिको अध्यक्ष बढाले बताउनु भयो । पछिल्लो समय जिल्लामा परम्परागत लोक कला हराउदै गईरहेको अगुवाहरुले बताउने गरेका छन ।











प्रतिक्रिया