यार्सा टिप्दा भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा यार्सा टिप्न गएका बालकको भिरबाट लडेर घट्ना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ्ग बस्ने दिलिप विष्टका १२ वर्षिय छोरा अनिल विष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्म ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिम चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकाको २ नम्बर वडामै पर्ने दुधिवनबाट यार्सा संकलन गरेर घर फर्किने क्रममा सोही ठाउँको भिरबाट करिव १३÷१४ सय मिटर तल खसेर बालक विष्टको घट्ना स्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो । यार्साको चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली जिल्लाका यार्सा पाइने पाटनमा खटिएको छ । सशस्त्र प्रहरीको टोलीले घट्नाबारे जानकारी पठाएको गुल्मपति चन्दले जानकारी दिनुभयो ।

घट्नाको थप अनुसन्धानका लागी प्रहरी चौकी दुम्लिङ्गबाट प्रहरीको टोली घट्ना स्थल गएको दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । मृतक विष्ट सर्बहित आधारभुत विद्यालय दुम्लिङ्गमा कक्षा ५ मा अध्ययनरत छात्र हुन् ।