मृगौला रोगबाट पीडितलाई एक लाख प्रदान

0
Shares

बुटवल ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले मृगौला रोगबाट पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं–१२ निवाषी मृगौला रोगबाट पीडित पूर्ण बहादुर सिंजापतीलाई १ लाख २ हजार ४ सय ६५ रुपैयाँ सहयोग गरेको हो ।

सो रकम नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरेले पीडितका ससुरा शेर बहादुर रानालाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गर्नु भएको होे ।

रकम हस्तान्तरण गर्दै नेपाल मगर संघका बुटवल उपमहानगर अध्यक्ष बारघरेले सिंजापतीको जीवन रक्षाका लागि बुटवल नगरका मगर समुदायको तर्फबाट सहयोग गरिएको बताउनु भयो ।

सहयोग रकम बुझ्दै पीडितका ससुरा रानाले मगर संघलाई धन्यवाद् दिनुभयो । सबैको सानो–सानो सहयोगबाट बिरामीको उपचार हुँदै आइरहेको उहाँले जानकारी दिनुभयो ।

करिब ६ महिना अघिबाट दुवै मृगौलाले काम गर्न छाडेपछि सिंजापती डायलासिस गर्दै आउनुभएको छ ।