सिर्जना पन्त, बागलुङ ।
१० वर्षिया बालिकालाई यौन दुव्यवाहार गरेको आरोपमा प्रक्राउ परेका एक व्यक्तीलाई जिल्ला अदालत बागलुङले १ वर्ष कैद सजाय फैसला गरेको छ ।
काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षिय बलबहादुर रानालाई न्यायाधीश प्रकाश प्रसाद पण्डीतको जेठ २१ गतेको इजलाशले १ वर्ष कैद सहित १० हजार जरिवाना र ५० हजार क्षतीपूर्ती फैसला गरेको श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।
२०७५ माघ २३ गते बालिकालाई यौन दूर्वव्यवाहार गरेको भन्दै पीडित पक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी पछि सोही दिन बलबहादुरलाई उनकै घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । अनुसन्धान गरि सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत पेश गरेकोमा चैत ४ गते थापा ३ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।
पीडित पक्षले लगाएको आरोप सावित हुन पुगेपछि जेठ २१ गते पीडितको पक्षमा अदालतले फैसला सुनाएको हो । राना जिल्ला कारागार बागलुङमा कैद भुक्तान गरिहरेका छन् ।











प्रतिक्रिया