खानेपानी समस्या समाधानका लागि ओभरहेड ट्यांकी निर्माण

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट ।
विगतका समयमा खानेपानिको चरम समस्या भोग्दै आएका नुवानकोट विदुर नगरपालिका ५ पिपलटारका स्थानियको उक्त समस्यालाई मध्येनजर गरी ओभरहेट ट्याङ्कि निर्माण गरिने भएको छ । समथर भू–भाग दुई नदि तादि र त्रिशुलि दुई तर्फ भएर बगिरहदाँ पनि सुख्खा रहेको जमिन अब खानेपानिको पर्याप्त उपलब्धताको साथै सिञ्चित समेत हुने भएको छ ।

नुवाकोटमा नै पहिलो पटक विदुर नगरपालिकाको आर्थिक सहयोगमा बोरिङ्ग गरि पानि निकालिदाँ खुसि भएका स्थानि बासिन्दाले त्यस लाई थप ब्यवस्थि गर्नको लागि अनन्तकालिन पिपलटार सिञ्चाई उपभोक्त समितिको नाम दिई निर्माण कार्य लाई अगाडि बढाईएको उक्त समितिका संयोजक सुजन गजुरेलले बताउनुभएको छ ।

जिल्लामा नै पहिलो पटक नमुना परिक्षणको लागि निर्माण गरीएको भएका ले पनि यस कार्यको लागि प्रदेश ३ सरकारको रु ३० लाख सहयोगमा निर्माण गर्न लागिएको र निर्माण सम्पन्न गर्नको लागि प्राविधिक लागत अनुसार रु ३८ लाख लाग्ने संयोजक गजुरेलले बताउनुभएको छ । २० प्रतिशत निर्माण भईसकेको उक्त ट्याङिकको उचाई १५ मिटर रहने छ । समथर भू–भागमा निर्माण गरीएको उक्त योजना बाट स्थानिय २०० घरधुरिले लाभ लिने बताईएको छ ।

‘परापूर्व काल देखि नै यस क्षेत्रमा पानिको हाहाकार नै रहनेगरेको र मरुभुमि जस्तै बनेको यस ठाउँ खानेपानि लिनको लागि समेत १ देखि २ घण्टा सम्म हिडेर जानुपर्ने त्यसमा पनि घण्टौ लाईन बस्नुपर्ने समस्या रहेको ९२ वर्षका एक स्थानिय देवि प्रसाद घिमिरे बताउँनुहुन्छ ।’

साथै उहाँले आफु यस उमेरमा आएर आफ्नै घर अगाडि भएको विकास देखेर आफुले विताएका समय र खानेपानि कै लागि गरेका ति संङघर्ष एउटा कथा जस्तै भएको घिमिरे बताउँनुहुन्छ । शुद्ध खानेपानिको अभावमा रहेको समुदायमा अब त्यसको समस्या समाधान संगसंगै उत्पादन युक्त जमिन समेत सिंञ्चित हुने भएको छ ।

विगतका कयौ वर्ष देखिको खानेपानिको समस्या भोग्दै आएका पिपलटार बासिको समस्यालाई मध्येनजर गरी जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा आफ्नो दिवंगत पिता अनन्त गजुरेलको सम्झनामा अनन्तकालिन पिपलटार सिञ्चाई उपभोक्त समितिको नाम दिई बोरिङ्ग गरी जमिन मुनिको पानि निकालिएको समितिका संयोजक सुजन गजुरेलले बताउनुभएको छ ।

हाल सम्म २० प्रतिशत काम सम्पन्न भएको उक्त निर्माणाधिन ओभरहेट ट्याङ्कि बाट स्थानिय स्तरमा सिंञ्चाई मार्फत कृषिको क्षेत्र विस्तार गरी व्यवसायिकता तर्फ लाग्न मद्दत पुग्नुको साथै आफ्नै गाउँ ठाउँमा युवाहरुले कुखुरा पालन लगाएतका कार्य गरेर जिविको पार्जनमा सहजता हुनुको साथै युवाहरु लाई आफ्नै गाउँमा बसेर केहि गर्ने अवसर समेत सृर्जना गर्ने लक्ष्य लिईएको छ ।