कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको दाबी गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका ७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार रहेको छन् ।
भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट २ लाख ९९ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट दुईवटा मोवाइलसमेत बरामद गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीहरुका बिषयमा थप अनुसंधान जारी नै रहेकये पर्सा प्रहरीले जनाएको छ ।











प्रतिक्रिया