आज नेपाल चाइनिज ताइपेइसँग भिड्दै

0
Shares

काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज प्रतिद्वन्दी चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । यस अघिको खेलमा मलेसियासँग पराजित भएको नेपाल आजको खेलमा चाइनिज ताइपेइसँग ताइवानस्थित काओसिउङ रंगशालामा उत्रने छ ।

खेल नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुने छ । नेपाली टोली विश्वकप छनोटको तयारीका लागि त्यहाँ पुगेको हो । नेपालले यसअघि मलेसियासँगको खेल २–० ले गुमाएको थियो । बलियो मानिएको चाइनिज ताइपेइ फिफा बरियतामा नेपाल भन्दा ३६ स्थान माथि रहेको छ । खेलको पूर्वसंध्यामा गरिएको पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले ताइपेइविरुद्ध खेल कठिन हुने बताउँदै यो खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा रहेको बताएका छन ।