नेपाल समाचारपत्र, काठमाडौं
नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौंको बाफलचोकमा धूमपानविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको मुख्य आयोजनामा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगले पार्ने असरको बारेमा ब्रोसर वितरण गरिएको थियो।
संस्थाले उक्त कार्यक्रममा सार्वजनिक यातायातमा सवार यात्रुहरू र पैदलयात्रुलाई ब्रोसर बाँडेको थियो। कार्यक्रममा रोटरी कल्ब अफ बागमती, लायन्स क्लब अफ सीतापाइला, चक्रपथ सरसफाइ अभियान, ग्रिनफिल्ड इस्टार कलेजको सहभागिता रहेको थियो।











प्रतिक्रिया