अन्नपूर्ण आधार शिविर पुनः निर्माण शुरू , पर्यटकलाई बस्न समस्या

0
Shares

विजय नेपाली, पोखरा
गत फागुन महिनामा आएको हिमआँधीले पूर्णरूपमा क्षति पुर्याएको अन्नपूर्ण आधार शिविर पुनः निर्माण कार्यले गति लिएको छ। फागुनमा आएको ठूलो हिमआँधीका कारण आधार शिविरमा परेको क्षतिले आन्तरिक तथा वा≈य पर्यटकलाई निकै सास्ती खेप्न बाध्य बनाएको छ।

घान्द्रुक हुँदै आधार शिविरसम्म पुग्ने पदयात्राको विभिन्न ठाउँमा समेत असर गरेको छ। प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासीसमेत जुटेको पाइन्छ।

गत फागुनमा १० वर्षयता ठूलो हिमआँधी आएको थियो ।उक्त आँधीका कारण आधार शिविरमा रहेको चार होटल पूर्ण रूपमा क्षति पुगेको हो।

आँधीका कारण करिब ८ करोडभन्दा बढीको नोक्सानी भएको स्थानीय ललित गुरुङले जानकारी दिनुभयो। अकल्पनीय रूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको उहाँले बताउनुभयो। हिमआँधीका कारण मानवीय क्षति भने हुन सकेन । गुरुङका अनुसार क्षतिग्रस्त संरचनालाई पूर्ण रूपमा निर्माण गरी पूर्ववत् अवस्थामा ल्याउन करिब रु १२ करोड लाग्ने अनुमान रहेको बताउनुभयो। क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन नसकेको गुरुङले बताउनुभयो।

त्यस्तै अन्नपूर्ण अधार शिविरमा होटल प्याराडाइज सञ्चालन गर्दै आउनुभएको तेज गुरुङले सरकार तथा एक्यापबाट कुनै पनि सहयोग नहुँदा दुःख लागेको बताउनुभयो। ‘विपद्ले पूर्ण रूपमा क्षति पुर्याउँदा समेत सरोकारवाला निकायको ध्यान पुगेन’ –तेज गुरुङले भन्नुभयो।

उहाँ भन्नुहुन्छ– ‘अफ सिजनको समयले गर्दा मानवीय क्षति भने भएन, १० वर्ष यता ठुलो हिमपात भएको थियो, सञ्चारका कारणले नै बच्न सफल भयौं’। हिमपातको समयमा आधार शिविरमा १७ जना कर्मचारी रहनुभएको थियो। उहाँहरुलाई सिम्रीक एयर र प्रभु एयरको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो। ३ तीन सय पर्यटक बस्न सक्ने आधार शिविरमा अहिले मुस्किलले दसदेखि १२ जनासम्म मात्र पर्यटक राख्न सकिने तेज गुरुङले बताउनुभयो। अन्नपूर्ण गेस्ट हाउसको डाइनिङ रुमको केही भाग र एक कोठा मात्र सकुशल रहेको छ।

आधार शिविरका होटल निर्माण गर्न करिब डेढ महिना लाग्ने स्थानीयहरुको अनुमान छ। अहिले आधार शिविर जाने पर्यटक बाँस बस्ने अवस्था छैन। आधार शिविर जानका लागि माछापुच्छ्रे« आधार शिविर, पदमार्गमा पर्ने देउराली ,हिमालय, दोभान, बेम्बोलगायत क्षेत्रमा बस्न बाध्य भएका छन्। पुनः निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गर्न नसक्दा भरियामार्फत दुई दिन लगाएर सामान लानुपर्ने अवस्था रहेको छ।