मानव सिर्जित फोहोरले वातावरणमा असर ः मन्त्री मगर

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
नेपानी तथा सरसफाइमन्त्री बिना मगरले मानव सिर्जित फोहोरले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पुनः मानवलाई परिरहेको बताउनुभएको छ। ४६औं विश्व वातावरण दिवसको असरमा मंगलबार भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र बस्तीमा रहेका विकृतिको समेत सफाइ गर्नुपर्ने बताउनुभयो।

सुखी नेपाली र समृद्ध नेपाल अभियानमा साथ दिने विकृत मानसिकतालाई सफा गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। अहिले देशमा नदीनाला र गाउँटोल सफाइ अभियानले व्यापकता पाइरहको बताउँदै एक घर एक सफाइ अभियन्ता निस्कनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर शान्त र उज्यालो भक्तपुर बनाउने अभियान जारी रहेको बताउनुभयो। हनुमन्ते नदी सफाइले भक्तपुरको गौरवको काम गरेको बताउँदै उहाँले हनुमन्ते नदीको सफाइ अभियान समग्र भक्तपुर सफाइको विशेष अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो।

उहाँले सफाइसम्बन्धी प्रतिवद्धतामात्र होइन व्यवहारमा लागू गरिरहेको बताउँदै वातावरणमात्र सफा गर्ने नभई मन, भावना, वचन, सफा गर्ने कुरा अभियानले गरेको बताउनुभयो। पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले जे बोल्छौं त्यो पनि शुद्ध र सफा हुनुपर्ने बताउँदै नकरात्मक भावना नै मुलुकको उन्नतिका लागि बाधक हुने बताउनुभयो।

कार्यक्रममा प्रदेश नं. तीनका सांसद प्रतिमा श्रेष्ठ, जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष किरण थापा, सफाइ अभियन्ता जयराज पौडेललगायतले मुलक समृद्ध बताउन वातावरण, भूगोल र खोला सफा गर्ने कुरामा मात्र सिमित हुनु हुँदैन भन्दै हाम्रो मन सफा गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा हनुमन्ते खोलालगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पुर्याएकोमा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।