‘खाँडादेवी गाउँपालिकालाई उत्कृष्ट बनाउन सफल भएका छौं’ 



विष्णुप्रसाद सुवेदी
प्रमुख प्रशासकीय अधिकृत, खाँडादेवी गाउँपालिका, रामेछाप
रामेछापको खाँडादेवी गाउँपालिकाले स्थापना भएको छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरको ७ सय ५३ स्थानीय तहमध्ये उत्कृष्ट गाउँपालिकाको रूपमा छनोट गरेको छ भने तीन नम्बर प्रदेश सरकारले पनि उत्कृष्टभित्र समावेश गरेको छ। समृद्ध गाउँपालिका निर्माणमा जुटेका जनप्रतिनिधि र कर्मचारीहरूको समन्वयमा उत्कृष्टभित्र पर्न सफल भएको खाँडादेवी गाउँपालिभित्र विकास निर्माणको कामले पनि गति लिएको छ। दुई वटा मुख्य सडक कालोपत्रेको काम अगाडि बढेको छ। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिलगायतको क्षेत्रमा गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर योजनाबद्धरूपमा विकास निर्माणको काम अगाडि बढाउँदै आएको छ। यसै विषयमा खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीसँग गाउँपालिकाभित्र कर्मचारीको व्यवस्थापन, विकास निर्माणको अवस्थालगायतको विषयमा नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानी ः– 

स्थानीय तहमा कर्मचारी नहुँदा काम गर्न निकै सास्ती छ भन्छन् नि ?
शुरूको चरणमा निकै कठिन नै थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र कार्यविधि, गाउँसभाको निर्णय, गाउँपालिकाले निर्माण गरेको कार्यविधि, सम्पूर्ण मापदण्ड र कानुनी प्रक्रिया अवलम्बन गरेर करारमा कर्मचारी व्यवस्थापन गरे पनि सहज भएको छ। जसले गर्दा सेवा प्रवाहलाई प्रभावकारीरूपमा अगाडि बढाउन सहज भएको छ। गाउँपालिकामा हाल स्वीकृति दरबन्दी ३७ जनाको भनेर चार्ट आएको छ। त्यसमा निजामति कर्मचारीको संख्या निकै थोरै छ। तर नागकिरहरूलाई सेवा दिने जनशक्तिको व्यवस्थापन गरेर अगाडि बढेका छौं।

गाउँपालिकाभित्र भौतिक संरचना निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?

भौतिक पूर्वाधार निर्माणमा पनि योजनाबद्धरूपमा काम अगाडि बढाएको छौं। गाउँपालिकाले आठ महिनाको अवधिमा आधुनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको आधुनिक सभा हल निर्माण भएर सञ्चालनमा आएको छ। आवासीय भवन पनि निर्माण सम्पन्न गरिसकेका छौं। अब सेवा प्रवाह गर्न सामान्य पूर्वाधार तयार भएको छ। आगामी दिनमा थप व्यवस्थित गर्दै लैजाने सोच रहेको छ।

गाउँपालिकाले अहिलेसम्म कति कानुन निर्माण ग¥यो ?
कानुन निर्माण, कार्यविधि निर्माण तयार नहुँदासम्म सही ढंगले अगाडि बढ्न सक्दैन भन्ने मनन गरेर हामीले दोस्रो गाउँसभाको बैठकले १३ वटा कानुन पारित ग¥यौं। अहिलेसम्म २१ वटा कानुन निर्माण भएका छन्। जनशक्ति कार्यविधिदेखि उपभोक्ता समिति, न्यायिक समितिको कार्यविधि, विपद् व्यवस्थापन, घर नक्साको मापदण्डलगायतका कार्यविधि तयार गरेका छौं। गाउँपालिका अझै पनि कानुन निर्माण र कार्यविधि बनाउने चरणमा रहेको छ। आवश्यकताका आधारमा कानुन निर्माण हुँदै गएको छ। जति मापदण्ड र कार्यविधि निर्माण ग¥यो त्यति नै सजिलो हुन्छ।

कर्मचारी भर्नाको विषयलाई लिएर प्रश्न पनि उठ्यो नि ?  
नियम, कानुन, कार्यविधिको बारेमा जानकारी नलिइकन लगाइएको आरोप हो। यो आरोपमा कुनै पनि सत्यता छैन। कुनै प्रमाणसहितको आरोप पनि होइन। यो त आरोपका लागि आरोप मात्र हो। हामीले गरेको कामको सूचना नलिइकन बाहिरीरूपमा गरिएको हल्ला मात्र हो। गाउँपालिकाबाट सम्पादन भएका सबै काम पारदर्शी छन्। एक÷एक सूचना हामी उपलब्ध गराउन तयार छौं। कानुन, कार्यविधि, मापदण्ड बनाएर मात्र काम गर्ने गरेका छौं। हचुवाकै भरमा कुनै पनि काम भएका छैनन्। विधिसम्मत ढंगले काम गरेका छौं। विकास निर्माणका काम पनि प्रतिस्पर्धाको आधारमा मात्र गरेका छौं। कुनै पनि जनशक्ति व्यवस्थापन गर्दा गाउँपालिकाभित्रकै जनशक्तिलाई प्राथमिकता दिनुपर्छ भन्ने मापदण्ड सामान्य प्रशासन मन्त्रालयले बनाएको छ। सोहीअनुसार जनशक्ति भर्ना गर्दा गाउँपालिकाभित्रकै जनशक्तिलाई प्राथमिकता दिइएको छ। कसैको लहड, तोक, आदेशमा काम भएको छैन। पारदर्शी ढंगले जनशक्ति छनोट भएको छ।

विकास निर्माणको काम पारदर्शीको कुरा नि ? 
कुनै पनि काम सिस्टमअन्तर्गत चल्नुपर्छ। पहिलो कुरा गाउँपालिकाभित्र सिस्टम निर्माण भएको छ कि छैन भन्ने कुरा बुझ्न जरुरी छ। कुनै पनि काम अगाडि बढाउँदा हावादारी ढंगले अगाडि बढाइएको छैन। हामीले उपभोक्ता समिति कार्यविधि–२०७४ पारित गरेर मात्र काम अगाडि बढाएका छौं। कानुनलाई टेकेर कार्यविधि बनाएका छौं। गाउँपालिकाबाट सञ्चालित विकास निर्माणको काम अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले मात्र गर्न सक्दैन। सबै वडाका जनप्रतिनिधिहरू निगरानी गरिरहनुभएको छ। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा व्यवस्था भएबमोजिम उपाध्यक्षलाई अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ। उपाध्यक्षको संयोजकत्वमा बस्ने अनुगमन समितिले दिएको रिपोर्टका आधारमा मात्र योजनाहरू फछ्र्यौट गर्ने गरिएको छ। यसको साथै वडाले अनुगमन गरेर ठीक छ कि छैन भनेर मात्र सिफारिस गर्छ। विकास निर्माणको कामको बारेमा प्राविधिकले पनि रिपोर्ट दिनुपर्छ। स्थापित मान्यतलाई आधार बनाएर उपभोक्ता समिति गठन गरेका छौं। विकास निर्माणको कामको सूचांक तयार गर्छौं। अनुगमनलाई प्रभावकारी र सदृढीकरण बनाउछौं। विकास निर्माणमा हुने चुहावटलाई नियन्त्रण गर्छौं। गुनासो सुन्ने व्यवस्थालाई सुदृढ बनाउछौं।

खाँडादेवी गाउँपालिका उत्कृष्टभित्र परेको हो ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सूचकांक बनाएको छ। त्यो सूचकांकका आधारमा मूल्यांकन गर्दा ७ सय ५३ वटा स्थानीय तहमध्ये उत्कृष्टभित्र पर्न सफल भएको छ। साथै प्रदेश नम्बर ३ भित्र पनि हाम्रो गाउँपालिकाका उत्कृष्टभित्र पर्न सफल भएको छ। गाउँपालिकाभित्र भौतिक पूर्वाधार सेवामैत्री छ। सूचना प्रविधिको अधिकतम उपयोग गरेका छौं। नागरिकहरूले सहजरूपमा सूचना लिन सहज होस् भनेर डिजिटल बोर्ड राखेका छौं। कार्यविधि, नियम, कानुन बनाएका छौं।

जनससहभागितामूलक विकास निर्माणको काम अगाडि बढाएका छौं। अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएका छौं। कार्यविधि र मादपण्डलाई अनुसरण गरेर मात्र काम अगाडि बढाएका छौं। गाउँपालिकाबाट हुने सबै गतिविधि सार्वजनिक सुनुवाइमार्फत पारदर्शी ढंगले समय–समयमा नागकिरहरूलाई जानकारी गराएका छौं। देशव्यापीरूपमा लाखौं र करोडौंरूपमा बेरुजु निक्लिने अवस्था छ। तर, हाम्रो गाउँपालिकामा असाध्यै थोरै मात्र बेरुजु देखिएको छ। विकास निर्माणको काम प्राविधिक मापदण्ड अत्यन्त राम्रो रहेको महालेखा परीक्षकको कार्यालयले हामीलाई रिपोर्ट दिएको छ। यो खुसीको कुरा हो।

जनप्रतिनिधि र कर्मचारीका बीचमा कुरा मिल्दैन भन्छन् नि ?
व्यवस्थापन विज्ञान र कला दुवै हो। विज्ञान भनेको नियम, कानुन र कार्यविधिभन्दा एक इन्च पनि तलमाथि गर्न मिल्दैन। कलाको मार्फत सहज परिस्थितिलाई पनि सहज बनाउन सकिन्छ। जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य, समन्वय र एकता निकै राम्रो छ। हामी जे काम गर्छौं विधिसम्मत रूपमा निर्णय गर्छौं। जसका कारण संघीय सरकार प्रदेश सरकारको मूल्यांकनमा गाउँपालिकामा उत्कृष्टभित्र पर्न सफल भएको छ। देशव्यापीरूपमा उत्कृष्ट हुन धेरै मेहनत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्