नेपाली समुदायको पहिलो पटक पोर्चुगलका राष्ट्रपतिसंग भेटघाट



दीपेन्द्र गजुरेल, म्याड्रिड । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजा सँग को अविस्मरणिय भेटवार्ता भएको छ । गैर आवशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलका अध्यक्ष कुवेर कार्की को पहलमा पोर्चुगलको नेपाली समुदायको एक प्रतिनिधी मण्डल ले मंगलवार पोर्चुगलका सम्माननिय राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजा सँग उहाँको कार्यकक्ष बेलइ प्यालेसमा भेटवार्ता गरेको छ ।
पोर्चुगलमा रहेका नेपालीहरुको समस्या लगायतका बिविध बिषयहरुमा राष्ट्रपति संग प्रतिनिधी मण्डल ले छ्लफल गरेको थियो । नेपालमा अधिकार सम्पन्न पोर्चुगिज कुटनैतिक नियोगको स्थापना र पोर्चुगलमा नेपाल गार्डेन को निर्माण लगायतका बिषयमा प्रतिनिधी मण्डल ले राष्ट्रपति समक्ष ध्यानाकर्षण गराएको थियो ।
यसको प्रतिउत्तरमा राष्ट्रपति ले परराष्ट्र मन्त्रालय र नेपाल गार्डेन को लागि स्थानिय नगर प्रमुख सँग वार्तालाप गरि सहयोग गर्ने आश्वासन दिएका छन ।

पोर्चुगलका राष्ट्र प्रमुख स्ँग नेपाली समुदायको (गैर कुटनैतिक) पहिलो भेट थियो । यस भेटमा एनआरएनए अध्यक्ष कुबेर कार्की , नरेन्द्र हमाल, रमेश कुमार गुरुङ,बिनोद घिमिरे, गोबिन्द पौडेल, योगेन्द्रमिलन छन्त्याल र देव पुन सम्मिलित थिए । नेपाली समुदायको भेटघाट नितान्त नेपाली समुदाय का विविध समस्याहरुलाइ के कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको पुर्व प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्