१० महिनामा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु



सरिता चलाउने, सल्यान ।
सल्यानमा दश महिनामा सवारी दुर्घटनामा परी १५ जनाको मुत्यू भएको छ । २०७५ साउन महिनादेखि २०७६ बैशाख मसान्तसम्म ८४ वटा सवारी साधन दुर्घटना परेका छन् । यी दुर्घटनाबाट अहिलेसम्म १५ मुत्यू भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले वताउनुभयो ।

उहाले भन्नुभयो दुर्घटनामा परि १० जना पुरुष, ४ महिला र नाबालक मुत्यू भएको छ । दुर्घटनामा परि १७ जना गम्भीर र १ सय ३० जना सामान्य घाईते भएका छन् ।

दुर्घटना हुनेमा सबैभन्दा धेरै मोटरसाईकल रहेका छन् । प्रहरीका अनुसार १० महिनामा ४० ओटा मोटरसाईकल मात्रै दुर्घटना भएका छन् । सबैभन्दा धेरै बैशाख महिनामा ८ वटा मोटरसाईकल दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।

दोस्रोमा जिप दुर्घटना बढी भएका छन् । १० महिनामा मात्रै १७ वटा जिप दुर्घटना भएको उहाँले बताउनु भयो । बैशाखमा मात्रै ४ ओटा जिप दुर्घटना भएका छन् ।त्यसैगरी १० महिनाकै अबधीमा ट्याक्टर ११, बस ९ र ट्रक ५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख शर्माले भन्नुभयो ट्राफिक कार्यालयको लिस्ट हेर्दा सबैभन्दा धेरै पौष महिनामा १६ वटा सवारी दुर्घटना भएका छन् भने सबैभन्दा कम असोजमा ३ वटा भएका छन् ।

सचेतना अभियान चलाउदै ट्राफिक प्रहरी

सडक विस्तार र सवारी साधनको वढ्दो चाप संगै दुर्घटना वढेको प्रहरीको भनाई छ । सवारी दुर्घटनालाई कम गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । सामुदायीक प्रहरी साझेदारी अभियान अन्तरगत राप्ती लोकमार्ग आसपासका माध्यामिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माल जानकारी दिनुभयो ।

उहाले भन्नुभयो प्रत्येक महिना ४ पटक विद्यालयमा पुगेर सचेतनामूलक कायृक्रम सञ्चालन गर्नेै गरेका छौ ।
श्रीनगरमा २ र कपुरकोटमा एकपटक सवारी चालकका आँखा चेक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्