सप्ताहको अवसरमा पोषण कक्षा



धनवीर दाहाल,रुकुम ।
३६ प्रतिशत कुपोषण रहेको नेपालमा सन् २०३० भित्र २५ प्रतिशतमा झार्ने उदेश्यका साथ भइरहेका पोषण सम्बन्धी कार्यक्रमले रुकुममा तिब्रता पाएको छ ।

स्वास्थ्य, सरसफाई तथा पोषणमा सुधार ल्याउनका लागी बिभिन्न अभियानात्मक कार्यक्रमले रुकुम पुर्व र पश्चिममा तिब्रता पाएको हो । बिश्व खाद्य कार्यक्रमको सहयोगमा दिवा खाजा संचालीत बिद्यालयमा एकिकृत विकास समाज नेपालले संचालन गरेको बिद्यालय खानेपानी तथा सरसफाई स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्र्तगत दुई जिल्लाका बिभिन्न बिद्यालय तथा समुदाय स्तरमा स्वास्थ्य तथा पोषण कक्षा संचालन गरेको हो ।

स्वास्थ्य तथा पोषण सप्ताहको अवसरमा बिद्यार्थी, अभिभावक तथा शिक्षकको बिचमा बिभिन्न रचनात्मक कार्यक्रम गरेको आइयिस नेपालका जिल्ला अधिकृत झनक प्रसाद जोशीले बताउनुभयो ।

सप्ताहको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ९ हिलमा रहेको ज्वाला आधारभुत बिद्यालय स्वास्थ्य पोषण तथा सरसफाई सम्बन्धी अभिमुखीकरण भएको हो । वडापालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण बिश्व खाद्य कार्यक्रम,युएसएआइडी/सुआहारा र आइडिएस नेपालले गरेका थिए । रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा रहेका बिद्यालयमा सप्ताहको अवसरमा रचनात्मक कार्यक्रम गरिएको कार्यक्रम अधिकृत जोशीले जानकारी दिनुभयो ।

यसै गरी रुकुम पुर्वमा प्रदेश सरकार अन्र्तगत स्वास्थ्य कार्यालयको आयोजना र एकिकृत विकास समाज नेपालको समन्वयमा कार्यक्रम भएको छ ।

प्रतिक्रिया दिनुहोस्