१७ किलो चरेस सहित तीन पक्राउ



नेपाल समाचारपत्र, भद्रपुर ।
झापाको काँकडभिट्टा–पानीटंकी नाका आसपासको क्षेत्रबाट १७ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ८ का सञ्जय दर्जी, मनोज दर्जी र धनकुटा पाख्रीबास ४ का राजकुमार गुरुङ् रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

चरेससहित उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा अन्तरगतको लागू औषध नियन्त्रण ब्युरो टोलीले मेचीनगर ८ टोकला बगानस्थित रमाइलो बस्तीबाट मङ्गलवार दिउँसो पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका सञ्जयसँग चरेस रहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्