१३ वर्षीया बालिका घरमै मृत फेला



सुभेन्द्र दास, लाहान ।

लहान नरपालिका ४ स्थित आफनै घरमा एक बालिका आज मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय ज्योति लाल महतोको १३ वर्षीया छोरी गुरिया कुमारी महतो मृत फेला परेको प्रहरीले जनाए । गुरीया विगत केही दिनदेखि शारीरशर रुपमा अस्वथ्य थिइन् ।

मृतकको शव पोष्मार्टमको लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी ईन्सपेक्टर विजय यादवले जनकारी दिए । घटनाको बारेमा अनुसंधान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्