अग्लो चुलीमा बस्यो कार्यपालिकाको बैठक



प्यूठान,
प्यूठानको नौबहिनी गाउँपालिकाले जिल्लाको सबै भन्दा अग्लो लेक कोठीभिरमा कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । साहसिक तथा पर्या पर्यटनको रुपमा विकास हुँदै गइरहेको स्याउलीवाङको कोठीभिरमा सोमबार गाउँकार्यपालिकाको बैठक सम्पन्न गरेको हो ।

भौगोलिक बिकटता र विकास प्रक्रियामा पछाडी परेकोे नौबहिनी १ स्याउलिवाङ्ग स्थित कोठिभिरबाट विकासको सन्देश प्रवाह गर्ने उद्देश्यले बैठक बसेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले बताउनुभयो । ’ विकास सन्देश प्रवाह गर्ने उद्देश्यसहित जिल्लाको सवैभन्दा अग्लो स्थानमा पुगेर कार्यपालिकाको बैठक बसेका हौं ।’ रिजालले भन्नुभयो।

वैठकले स्याउलिवाङ्गमा आगामी एक वर्ष भित्रमा मोटर बाटो पुर्याउने, नौबहिनी,कोठीभिर,कोट्वारा दह लगायत नौबहिनी गाउपालिका क्षेत्र भित्र रहेका पर्यटकिय गन्तव्यहरुको पर्बर्धन एवं विकास गर्ने ,गाउँपालिकाको समृद्धिका लागि नमूनायोग्य र योजनावद्द कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णयहरु गरेको नौबहिनी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बैठक अघि कोठिभिरको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो भने उक्त बैठकमा बिभिन्न राजनैतिक दल,अगुवा समाजसेवी र पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो ।कोठिभिर समुन्द्री सतहबाट ३ हजार ६ सय ५९ मिटर उचाइमा छ। उत्तरमा धौलागिरी हिमाल हा“सिरहेको कोठीभीर स्वयम्मा जैविक विविधतायुक्त क्षेत्रसमेत हो ।

स्याउलीबाङ्बाट झण्डै ५ घण्टा उकालो र तेर्सो पदयात्रा गरेर कोठीभिर पुग्न सकिने स्थानीय बताउछन । मंसिरदेखि फागुनसम्म यो भेगै हिउले सेताम्मे हुन्छ । कोठीभीर आसपासमा स्याउलीबाङ्को परम्परागत जनजीवनस“ग अभिन्न रूपले गा“सिएको गाई÷भैंसी तथा भेंडीगोठ हेर्न पनि सकिन्छ । परम्परागत मगर गाउ स्याउलीबाङ्लाई मगर जीवनशैली र संस्कृतिमा आधारित पर्यटन विकास गर्न सकिने पर्यटन बिज्ञहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्