एमी सुपर मम



केट्स इन्टरटेन्मेन्ट तथा पद्मा फिल्मस् प्रालिद्वारा राजधानीमा आयोजित द सुपर मममा भक्तपुरकी एमी कर्माचार्य विजयी भएकी छिन्।

प्रतियोगितामा अमृता शर्मा फस्ट र बाला राई सेकेन्ड रनर्सअप भए। प्रतियोगिताको मुख्य विजयी तथा फस्ट र सेकेन्ड रनर्सअपले क्रमशः ताजसहित स्कुटी, ४३ इन्चको टेलिभिजन र वासिङ मेसिन प्राप्त गरेका छन्।

प्रमुख अतिथि उद्योेगपति तथा साहित्यकार वसन्त चौधरीको उपस्थितिमा सम्पन्न प्रतियोगितामा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, सूर्य चन्द, सन्ध्या पहाडी, विशाल पहाडी र भूषण श्रेष्ठ निर्णायक रहेका थिए। मञ्चमा उभिएर सुपर आमा बनेर देखाऊँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन्।

प्रतिक्रिया दिनुहोस्