अमेरिकामा होस्टल ब्याक अगेन बन्ने



केही समयदेखि अमेरिकामा रह“दै आएका निर्माता तथा अभिनेता सुनील रावलले अमेरिकामै होस्टेल ब्याक अगेन निर्माण गर्ने भएका छन्। रावलले होस्टेल र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेस्रो फिल्म होस्टेल ब्याक अगेन निर्माण गर्न लागेका हुन्। फिल्म रावल स्वयंले निर्देशन गर्नेछन्। उनको यो डेब्यु निर्देशन हुनेछ।

दुर्गेस फिल्म्स् र काफिया फिल्म्स्ले निर्माण गर्ने फिल्मको छायांकन अमेरिकामै गरिने निर्माता गोविन्द शाहीले जानकारी गराए। निर्माता तथा निर्देशक रावलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिन लागेको हो। फिल्ममा कथा निर्देशक रावलकै रहनेछ भने पटकथा र संवाद रायन राइजको रहनेछ। आगामी अगस्टबाट छायांकन शुरू हुने यो फिल्मको कलाकार चयन चा“डै शुरू गर्ने सुनीलले बताए।

यसका लागि केही कलाकार नेपालबाट अमेरिका छायांकनका लागि जाने र बा“की कलाकार अमेरिकाको अडिसनबाट चयन गरिने निर्माता शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्