किमलाई पहिरनको सकस



हालै न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न मेट गाला २०१९ फेसन समारोहमा सहभागी अभिनेतृ किम कार्डसियनले आफ्नो फेसन स्टाइलका कारण दुनियाको ध्यान आफूतिर खिचेकी छिन्।

किमले लगाएको कपडा सामाजिक सञ्जालमा निकै मन पराइयो। किनभने उनको शरीरमा उक्त कपडा निकै सुहाएको थियो। एजेन्सीका अनुसार अरूले हेर्दा किमको यो कपडा निकै राम्रो र उनलाई सुहाए पनि यो लुगा लगाउनमा भने उनलाई निकै असहज भइरहेको थियो। उनले आफ्नो फिगरलाई परफेक्ट देखाउनका लागि कपडा शरीरमा निकै कसेर लगाएकी थिइन्। जसले गर्दा उनलाई उठबस गर्नसमेत गाह्रो भएको थियो।

यस कारण उनी करिब ४ घन्टासम्म उभिनुपरेको थियो। एजेन्सिका अनुसार मेट गालाको विहाइन्ड द सिन भिडियोमा किम आफूले पनि उक्त कपडाले निकै असहज बनाएको र आफू ४ घन्टासम्म शौचालयसम्म जान नसकेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्