को बन्छ करोडपतिमा दयाहाङ र विपीन



नायिका श्वेता खड्का र नायक स्व. श्रीकृष्ण श्रेष्ठको श्वेताश्री फाउन्डेसनलाई सहयोग गर्न जात्रै जात्रा फिल्मको टोली टेलिभिजन शो को बन्छ करोडपतिमा सहभागी भएको छ।

जात्रै जात्राको तर्फबाट अभिनेताद्वय दयाहाङ राई र विपीन कार्की को बन्छ करोडपतिको हट सिटमा सहभागी भएका हुन्। अभिनेता राजेश हमालसँग बसेर हट सिटमा खेल खेल्दा रमाइलो र नयाँ अनुभूति भएको दयाहाङले बताए।

अर्का अभिनेता विपीन कार्कीले खेल खेल्न सहज नभए पनि रमाइलो अनुभव भएको बताए। ‘हामीले को बन्छ करोडपतिबाट जति रकम जितेका छौं, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेताश्री फाउन्डेसनलाई हस्तान्तरण गर्दै छौं’ –फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी गराए। घाँटीमा ट्युमर देखिएपछि हाल भारतमा उपचार गराइरहेकी अभिनेतृ श्वेताले सिन्धुपाल्चोकको माझी बस्तीका लागि बस्ती निर्माण गरिरहेकी छिन्।

आगामी जेठ ३ गते अल नेपाल रिलिज हुने जात्रै जात्रामा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्