यात्रा क्वीज कन्टेष्टका विजेतालाई १ लाख पुरस्कार



आगामी शुक्रबार अल नेपाल रिलीज हुन लागेको फिल्म यात्रा ः अ म्युजिकल भ्लगको निर्माण समूहले फिल्मसँग सम्बन्धित क्वीज कन्टेष्ट गरेको छ।

यात्राको निर्माण समूहले मकै एपसँगको सहकार्यमा क्वीज कन्टेस्ट आयोजना गरेको हो। मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउने छन्। फिल्ममा तपस्याको भूमिका निर्वाह गरेकी नव नायिका मलिका महतले आप्mनो आँखाको ज्योति कसरी गुमाउँछिन् यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ। टिक लगाएपछि प्रतियोगीले आप्mनो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्न‘ पर्नेछ।

नेपालबाट विजयी भए १ लाख नगद र विदेशबाट भए नौ सय अमेरिकी डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए। यो प्रतियोगिता आगामी चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आगामी वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरीने जनाएको छ।

फिल्म तपस्याको भूमिकामा देखिएकी मलिकाको वरपर नै घुमेको छ। फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्। फिल्म सम्राट शाक्यले निर्देशन गरको छन्।

प्रतिक्रिया दिनुहोस्