डाफिन्सलाई पाँचौं उपाधि



काठमाडौं, (नेस)
क्यामरुनको डाफिन्स टोलीले यस वर्ष पाँचौ उपाधि हात पारेको छ । शनिबार भएको तेस्रो मनमोहन स्मृति दुहबी गोल्डकपको फाइनलमा डाफिन्सले त्रिभुवन आर्मीलाई हराएको हो । विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार प्राप्त गरे । दुबै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि सडन डेथमा नतिजा निकाल्नु परेको थियो ।

सडन डेथमा भरत खवासको प्रहारले अर्को दिशा लिनु नै आर्मी उपाधिबाट विमुख भएको थियो । यसअघि डाफिन्सले मनकामना केबल कार पोखरा कप, बुढा सुब्बा गोल्ड कप, तिलोत्तमा गोल्ड कप र माइभली गोल्डकप उचालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्