घट्दैन उनको श्रीसम्पत्ति



राजनीतिमा लागेर धन सम्पत्ति स्वाहा भएका कथा कहानी कति छन् कति । हरेक पार्टी पिच्छे धेरै नेताका यस्ता कहानी बाक्लै सुनिन्छन् । पार्टीलाई श्रीसम्पत्ति सुम्पिएर निस्वार्थ राजनीति गर्नेहरु स्वार्थ समुहको राप र तापमा पर्दा तिरिमिरी झ्याईँ भएका कथा पनि धेरै छन् ।

अनि बहुसंख्यक नेताको आर्थिक लगानी राजनीतिमा खासै नहुने तर उनको धन सम्पत्तिले हरेक वर्ष सगरमाथा र अन्य उच्च शिखरले झैं उचाई लिएको देख्दा÷सुन्दा धरहरा मात्रै होइन आम पाठकवृन्दलाई बेला मौकामा राम्रै झस्काउछ भन्या । तीनको प्रगति देख्दा सबै कुरा छोडेर राजनीतिमै हाम फालिहालौ जस्तो लाग्छ । तर सम्पत्ति स्वाहा भएका कथा कहानीेले राम्रैसँग झस्काउछ भन्या ।

अनि आम सर्वसाधारण र उनका आफन्तलाई कुनै रोगव्याध लागेसी घरखेत बेचेर खर्च जोहो गर्नुपर्ने बाध्यता पुरानै हो । तर हाम्रा नेताजीको कुरा बेग्लै छ, जो जति पटक उपचार गर्न विदेश धाएपनि घर जग्गा र सम्पत्ति चुइक्क नचलाएपनि हुने । १५÷२० वर्षअघि सांसद हुँदा बुझाएको सम्पत्ति विवरण अनि पटक–पटक मन्त्री र उपल्लो पदमा पुग्दा उनको घर, खेतबारी, सुनचाँदी र अन्य सम्पत्ति विवरण १९को २० हुन्न ।

बरु सामान्य घटेको देखाइन्छ बढेको विरलै सुनिन्छ । तै पनि हाम्रा नेता, मन्त्री र उनका आसेपासे हराभरा देखिन्छन् भन्या । यस्तो हाम्रै नेपालमा मात्रै हो कि अन्य मुलुकमा पनि हुन्छ ?

प्रतिक्रिया दिनुहोस्