क्याप्टेनले पौने ६ करोड कलेक्सन गर्यो: भुवन केसी



गायक, अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले यसपटक फुटबललाई जोडेर प्रेमकथाको अर्को फिल्म क्याप्टेन निर्माण गरेका छन्। उनले आफ्ना स्टार पुत्र अनमोल केसीलाई लिएर बनाएको यो फिल्मले मिश्रित प्रतिक्रियाका साथ दर्शकको राम्रो साथ पाइरहेको छ भने आज शुुक्रबारबाट फिल्म प्रदर्शनले दोस्रो सातामा प्रवेश गरेको छ। उनको नयाँ फिल्म क्याप्टेन र विविध पक्षबारे नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

क्याप्टेनबाट कस्तो रेस्पोन्स पाइरहनुभएको छ?
दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ। दर्शकले अहिलेसम्म नबनेको डिफ्रेन्ट स्टोरीमा राम्रो फिल्म बनेको प्रतिक्रिया दिइरहनुभएको छ। क्याप्टेन मैले फुटबलमा लभलाई मिसाएर बनाएको छु। यो फिल्मले देशबासीलाई एकजुट हुन मेसेज पनि दिन्छ। नीर शाह, हरिवंश आचार्य जस्ता सिनियर कलाकारदेखि धुर्मुस–सुन्तलीसम्मले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिनुभएको छ।

हामी कसैले आँट गर्न नसक्ने फिल्म बनेको रहेछ भनिरहनुभएको छ। सानातिना टेक्निकल इरर आउनु सामान्य कुरा हो, खास गरी अनमोलको काम फ्यान्टास्टिक छ, अत्यधिक मन प¥यो भन्नुभएको छ। धुर्मुस–सुन्तलीले हामीले जुन उद्देश्यले गौतम बुद्ध इन्टरनेसनल स्टेडियम बनाउन खोजेको हो, त्यो यो सिनेमा हे¥यो भने छर्लड्ड हुन्छ भन्नुभएको छ। नेपालमा पहिलोपटक यति ठँलो भीएफएक्स गरेर मैले क्याप्टेन बनाएको छु। जुन देशमा स्टेडियम नै छैन, त्यो देशमा भीएफएक्सबाट स्टेडियम बनाएर यो फिल्म बनाएको छु। हामीकहाँ उपलब्ध स्रोत र साधन अनि हाम्रो बजेटले कतिसम्म गर्न सकियो, त्यो आफ्नो ठाउँमा छ। करोडौंको लगानीमा बन्ने विदेशी सिनेमाको तुलना क्याप्टेनसँग गरेर त हुँदैन।

तपाईंको नजरमा चाहिँ फिल्म कस्तो बनेको छ?
मैले यो सिनेमा फुटबलको डकुमेन्ट्री वा बायोपिक फिल्मका रूपमा बनाएको होइन। पँर्णतया कमर्सियल सिनेमा हो। अनमोलको जहिले पनि लभरब्वाईको इमेज छ। त्यसैले ट्र्याङ्गल लभ स्टोरीमा फुटबललाई मिसाएर क्याप्टेन बनाएको छु। जसमा फुटबल माध्यम मात्र हो। यसमा एउटा नेसनल फुटबल खेलाडीको लभ स्टोरी र संघर्षको कथा छ। जो गोल्ड मेडलको सपना बोकेर अगाडि बढेको छ। यो फिल्मलाई लिएर म पँर्ण सन्तुष्ट छु। दर्शक पनि खुसी छन्। यसले फुल इन्टरनेनमेन्ट दिन्छ। लोकेसन, टेक्निकल पार्टको अभाव हुँदैन थियो भने सिनेमा अझ राम्रो हुन सक्थ्यो। डाइरेक्सन वा टेक्निकल पक्षबाट कहींकतै त्रुटि छन्, तर मैले निर्माताको तर्फबाट कञ्जुस्याइँ गरेको छैन।

हालसम्मको बक्स अफिस रिपोर्ट के छ?
बक्स अफिस रिपोर्ट अपेक्षाअनुसार नै छ। बीचमा एक दिन पानी परेर डिस्टर्व भयो। अरू दिन अपेक्षाअनुसारकै व्यापार छ। अनमोलको स्टार पावर मल्टिप्लेक्समा थियो, तर यसपालि सिंगल थिएटरमा पनि दर्शक ओइरिएका छन्। अनमोलको स्टार पावर फराकिलो भएको छ। त्यसैले व्यापारको दृष्टिकोणमा पनि सन्तुष्ट छु। ४ महिनादेखि नेपाली सिनेमाको व्यापारिक अवस्था खस्किएको थियो। तर, यसले सोच्दै नसोचेको व्यापारको वर्षाद् गरेको छ। यो सबै अनमोलको स्टार पावर र हाम्रो प्रोडक्सनको मेहनतले गर्दा सम्भव भएको हो। दिनका दिन मान्छेको फ्लो बढिरहेको छ। यसले एक साता अर्थात् आज (बिहीबार) सम्म पौने ६ करोड कलेक्सन भइसकेको छ।

फिल्म कति दिन चल्ला र कति कलेक्सन गर्ला?
यो सिनेमा धेरै अपेक्षा गरेर बनाएकै होइन। एन्फा र राष्ट्रिय फुटबल खेलाडीको सपोर्टमा बनेको सिनेमा हो यो। त्यति धेरै ठँलो बजेट पनि होइन। लगभग २ करोडको लगानी छ। स्पोन्सरबाटै राम्रै आए भएको छ र ओभरसिज मार्केटमा पनि डिमान्ड छ। त्यसैले लगानी कभर हुन समय लाग्दैन।

भारतको बजारमा पनि रिलिज हुने कुरा थियो। भएन, किन होला?
भारतको डिस्टिब्युटरले सिनेमा किनिसकेको छ। नेपाल र भारत अनि अरू एक दुई देशमा सँगसँगै लाग्ने कुरा थियो। रिलिज हुनुअगाडि कामको चाप भएकाले फाइल तयार गर्न सकेनौं। क्याप्टेन चाँडै नै सिक्किम, मुम्बई, गोहाटी, दिल्ली जस्ता भारतीय शहरसँगै भुटानमा पनि चाँडै नै लाग्नेछ।

नेपालमा फरक विषयमा फिल्म बनाउन के कठिनाइ रहेछ?
कठिनाइ छ। मैले करोडपति बनाउनुअगाडि गाउँघरको कथा र रोनाधोनावाला फिल्म बन्थ्यो। करोडपतिलाई ल्याभिस सिनेमा बनाएर ल्याउँदा चल्ला त भनेर प्रश्न उठाइएको थियो। करोडपति लागेपछि नेपाली फिल्म मेकिङको ट्रेन्ड चेन्च भएको। इन्डस्ट्रि«मा रौनकता छायो। पछि लभ स्टोरी, एक्सन र कमेडी जेनेरा चलिराथ्यो। नयाँ चिज नदिएसम्म दर्शक पुरानै जेनेरा हेर्न बाध्य थिए।

क्याप्टेन आएपछि मन पराइदिनुभयो। ९९.९ पर्सेन्ट दर्शकले उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभयो। अर्को कठिनाइ दर्शकले यसलाई स्वीकार गर्ने हो कि होइन भन्ने थियो। फुटबल खेलाडी चाहिने थियो। भीएफएक्स उपकरणको पनि अभाव नै थियो। तर, फरक विषयमा सिनेमा बनाएपछि आत्मसन्तुष्टि चाहिँ हुँदोरहेछ। गर्व लाग्छ राष्ट्रका लागि ३ करोड एकजुट हुने सिनेमा बनाउने मौका पाएँ।

फिल्ममा भीएफएक्सको काम धेरै छ। नेपालमा एनिमेसनको अवस्था के रहेछ?
क्याप्टेन जति सुपरहिट भए पनि अब म फेरि क्याप्टेन–२ बनाउन सक्दिनँ। किनभने क्याप्टेन बनाउन कठिन भयो। नेपालमा भीएफएक्स इकुपमेन्ट यथेष्ट छैन। एक्सपर्ट पनि धेरै छैनन्। भएको स्रोत साधनमा जति मेहनत गर्नुभयो, त्यो धेरै हो।

ड्रिम्स आफैंले निर्देशन गरेर क्याप्टेन किन अरूलाई निर्देशन गराउनुभएको?
म एउटा कलाकारसँगै गायक पनि हुँ। गायकको नाताले रेडियो नेपालमा गीत गाएँ। तर, फिल्ममा गाइनँ। गायन हबी मात्रै थियो। डाइरेक्सन पनि मेरो हबी मात्रै हो। त्यसैले सधैं डाइरेक्सन गर्छु भन्ने होइन, कहिलेकाहीं समय मिलेको बेला मात्र गर्छु। त्यसैले यो फिल्मको जिम्मा दिवाकर भट्टराईले दिएको हुँ।

अनमोलको जोडीका रूपमा जहिले नयाँ अनुहारलाई अगाडि सार्नुहुन्छ। यसमा पनि दुई नयाँ नायिका छन्। स्थापितसँग काम गराउँदा अनमोलको क्रेडिट घट्ने र हिरोइनले पनि क्रेडिट पाउने भएर हो कि?
त्योभन्दा पनि अनमोलले लभ स्टोरीमा काम गरिरहेको छ। लभ स्टोरीमा दर्शकले प्रेस फेस खोज्छन्। किनभने पुरानोको काम हेरिसकेको हुन्छ। सुपर काजल फिल्म्स्ले सधैं नयाँ प्रतिभालाई मौका दिँदै आइरहेको छ। अर्को कुरा कथावस्तमा पनि भर पर्छ। यो संयोग हो। वास्तवमा नयाँ अनुहार लिँदा निर्मातालाई च्यालेन्ज धेरै छ। अभिनयको एबीसीडी नै सिकाउनुपर्छ। उनीहरूले थोरै बिगारिदाँदा निर्माताको करोडौंको लस हुन सक्छ। पुरानोबाट रिस्क हुँदैन। त्यो रिस्क सुपर काजल फिल्म्स्ले नै उठाइरहेको छ। रिस्क उठाएर स्टार बनाएर इन्डस्ट्रीलाई दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्